भारी वर्षाले विद्युत, फोन र इन्टरनेट सेवा अवरुद्ध 

मंगलबार, कात्तिक २, २०७८

बैतडी :  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा साेमबार रातिदेखि फोन, इन्टरनेट तथा फोन सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण कैलालीको खानीडाडाँमा विद्युत पोल ढलेपछि नेपाल टेलिकमले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । 

नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाका प्रविधिक अधिकृत सुरेन्द्र कार्कीले भने, ‘खानीडाँडामा सुदूरपश्चिमका पहाडी जिल्लाहरू जोड्ने थ्रिफेज विद्युत पोलमा रूख ढलेकाले फाइवर सेवा अवरुद्ध भएको छ । जसकारण बैतडीसहित सुदूर पहाडको ल्यान्डलाइन फोन सेवा, फाइबर तथा एडिएसएल इन्टरनेट सेवा र नमस्ते फोनसेवा अवरुद्ध भएको हो ।’

लगातारको भारी वर्षाले काम गर्न असहज भएको नेपाल टेलिकमको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार