५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य 

बुधबार, माघ ७, २०७७

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले बढेको छ । प्रतितोला ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भयो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार