सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म रु ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिए । ३५ करोड रुपैयाँ बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी छ । मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले रु दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम१२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले रु चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ । यसैगरी चार करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख रुपैयाँ बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको रु तीन करोड रकम रोक्का राखिएको छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ ।