हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुन्छ : मन्त्री कार्की

शनिबार, असोज २३, २०७८

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुने बताएका छन् ।

१४७औँ हुलाक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै मन्त्री कार्कीले विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसात गर्दै हुलाक सेवालाई भरपर्दाे र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका हुन् । ‘हुलाक क्षेत्रको समग्र पुनःसंरचना र सेवामा विविधिकरण गरी हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने ।

सूचना प्रविधिको प्रयोगबाट विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणलीको विकासलाई सरकारले प्राथमिकतामा  राख्ने उनले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार