नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह

शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।  
माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।” त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भनेका छन्, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार