परम्परागत अलैंची भट्टीको भरमा कृषक

मंगलबार, असोज १९, २०७८

तेह्रथुम : तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् ।

अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् ।

आधुनिक भट्टीको बारे जानकारी नभएकोले परम्परागत भट्टीबाटै तयारी गर्दै आएको छथर गाउँपकालिका-२ का देबी लिम्बुले बताए । ‘गाउँघरमा आधुनिक प्रविधिको भट्टीको महत्व र फाइदाको ज्ञान नभएकाले हामी परम्परागत रूपमै तयारी गर्दै आएका छौँ',  उनले भने । काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयारी गर्दै आएका छन् ।

टिपेर तयारी गरेको अलैंची भट्टीमा सुकाउने गरेको रनमाया लिम्बुले बताइन् । उनी भन्छिन्, ‘पानीले भिजेको दाउराको भरमा अलैंची तयार गर्नुपर्छ । घण्टौँ समय लगाएर तयार गरेको अलैंचीलाई व्यापारीले गुणस्तरीय नभएको भन्दै मूल्य पनि कम दिने गरेका छन्।’

परम्परागत भट्टीमा धेरै समय लाग्ने र गुणस्तरयुक्त पनि नहुने समस्याले किसान पीडित  बन्दै आएका छन् । ग्रामिण क्षेत्रका किसानहरूलाई आधुनिक प्रविधिको भट्टीबारे ज्ञान नहुँदा परम्परागत रूपमै अलैंची तयारी गर्दै आएका छन् । किसानले पाँच रोपनीदेखि ५० रोपनीसम्म क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । जिल्लाको दुई नगरपालिका र चार गाउँपालिकमा अलैंची खेती विस्तार भएको छ । तेह्रथुममा सात सय २३ हेक्टरमा अलैंचीको खेती हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार