सोसल मिडिया
Contact Us
युनिकोड
खोटाङ । पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड–१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो । प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि काठमाडौँ र अभिनेत्री मनिषा कोइरालाको एनसिभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरिएको प्रतिष्ठानका संरक्षक रविन चाम्लिङले बताए । “सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित २२ वटा माविमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिनेछ”, उनले भने, “नगरपालिकाभित्रका विद्यालय सकेपछि क्रमशः जिल्लाका सबै मावि तथा सामुदायिक र संस्थागत विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्ने योजना बनाएका छौँ ।”