रसुवामा बायो इन्जिनियरिङ नर्सरी स्थापना

सोमबार, असोज ४, २०७८
रसुवा : रसुवामा बायो इन्जिनियरिङ नर्सरी स्थापना गरिएको छ । सडक डिभिजन कार्यालय नुवाकोटले जिल्लाको कालिका गाउँपालिका- १ राम्चेमा बायो इन्जिनियरिङ नर्सरी स्थापना गरेको हो ।

सडक डिभिजन कार्यालय नुवाकोटको नाममा रहेको पाँच रोपनी जग्गामा नर्सरी स्थापना गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सडक डिभिजन कार्यालयको नाममा पाँच रोपनी जग्गा रहेछ, त्यो यतिकै रहिरहेको अवस्था थियो, कार्यालयको नामको जग्गा हो भन्ने भएपछि चारैतिर बार लगाई नर्सरी स्थापना गरिएको हो', उनले भने । 

गत आर्थिक वर्षमा स्थापना गरिएको नर्सरीमा करिब एक हजार बिरुवा रहेको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर राजेन्द्र महर्जनले जानकारी दिए । अम्रिसो, उत्तिस, रानीसल्ला, फुजेत्रो, काइयो, डालेघाँसलगायतका बिरुवाहरू नर्सरीमा छन् ।

बिरुवाको हेरचाहका लागि दुई जना हेरालु राखिएको छ । नर्सरीमा उत्पादन भएका बिरुवा राम्चे, ग्राङ र मूलखर्कको पहिरो जान सक्ने संभावित स्थानहरूमा रोपिने उनले बताए । अन्य स्थानहरूमा आवश्यकताका आधारमा रोपिनेसमेत उनको भनाइ छ ।  

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार