राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
शिक्षा
विद्यार्थीका लागि जेलभन्दा कठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
विद्यार्थीका लागि जेलभन्दा कठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
दैलेखका विद्यालय खुले
जितेन्द्र थापा
शनिबार, असोज २, २०७८
शनिबार, असोज २, २०७८
दैलेख : नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो । न त पढ्न मन लाग्थ्यो । न अरु कुनै काम गर्न । मन अशान्त हुने, निन्द्रा गड्बडीलगायत धेरै समस्या हुन्थ्यो ।
कोरोना संक्रमण दर कम भएसँगै विद्यालय जान पाउँदा उनी अहिले खुसी छिन् । पहिले घरबाट बाहिर निस्किन नपाउँदा र विद्यालय जान नपाउँदा मनमा अनेक थरिका कुरा खेल्ने गरेको सोनी बताउँछिन् । ‘विद्यालय जान नपाउँदा मन आतिन्थ्यो । कहिले विद्यालय खुल्ला भनेर । तर, अहिले विद्यालय जान पाउँदा निकै खुसी छु ।’
त्यस्तै पञ्चकोशी माध्यामिक विद्यालय दुल्लुमा अध्यनरत निलिमा शाहीको पनि विद्यालय जान पाउँदा खुसीको सीमा नै छैन । निषेधाज्ञाका कारण बाहिर निस्किन नपाउँदा कुनै कारागारमा बसेजस्तै लाग्ने गर्थ्यो उनलाई । तर, विद्यालय खुल्दा खुसीले गद्गद् छिन् । 'घरमा हुँदा आफूले पढेको नबुझ्ने र मानसिक तनाव हुने गर्थ्यो,’ निलिमाले भनिन्, ‘अहिले विद्यालयमा आएर साथीहरुसँग बसेर पढ्न पाउँदा, नजानेको कुरा गुरुहरुसँग सोध्न पाउँदा उत्साहित छु ।’
अहिले स्कुलमा आएर पढ्दा पिँजडाबाट निस्केजस्तो भएको उनको अनुभूति छ । 'घरमा एक्लै पढ्दा अल्छी लाग्ने, नबुझिने हुन्थ्यो । विद्यालय आउँदा निकै सहज भएको छ । यहाँ साथीहरुसँग छलफल गर्न पाइन्छ । नजानेको कुरा सर म्याडमसँग सोध्न पाइन्छ,' उनले भनिन् ।
गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसँगै मुलुकभरी नै निषेधाज्ञा गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेतबारीमा, बस्तुभाउ चराउन जंगलतिर जानेजस्तो गैर सिकाइमूलक कार्यमा समय व्यतित गरेका थिए ।
विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर, सो सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लीन थिए । धेरैजसो विद्यार्थीहरु विद्यालयमा नै आउन खोजेको अवस्थामा अहिले आउन पाउँदा निकै उत्साहित देखिएका हुन् ।
अभिभावकहरुमा पनि विद्यार्थीलाई जतिसक्दो चाँडो विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने मनसाय रहेको श्रीकृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् । 'अभिभावक छोराछारीको पढाई प्रभावित हुँदा निकै चिन्तित थिए,’ थापाले भने, ‘अभिभावकले आफ्ना छोराछोरीलाई अहिले विद्यालय पठाउन पाउँदा निकै उतसाहित देखिन्छन् । लामो समय घरमा बसेर दिक्क भएका विद्यार्थीहरु पनि पहिलेभन्दा अहिले उल्लेख्य रुपमा दिनहरु नछुटाएर आएको देखिन्छन् ।’
लामो समयपछि विद्यालयमा आउन पाउँदा शिक्षकहरु पनि उत्तिकै उत्साहित भएको सरस्वती माध्यामिक विद्यालय दैलेखका प्रधानाध्यापक जीवराज तिमल्सिना बताउँछन् । 'पहिले घरमा बस्दा बस्दा दिक्क लाग्ने, भएको ज्ञान पनि विद्यार्थीहरुमाझ सेयर गर्न नमिल्ने,’ उनले भने, ‘अहिले स्वास्थ्य मापदण्ड पालना गरि विद्यालय पनि सञ्चालन छ, हामीहरु पनि खुसी छौं।’
११ वटा स्थानीय तह रहेको पालिकामा ८ वटा पालिकाले २७ भदौदेखि विद्यालय सञ्चालन गरिसकेका छन् । अन्य ३ वटा पालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै १ असोजदेखि सञ्चालन गरेका छन् ।
जिल्लाभर ४८१ सामुदायिक र ५७ वटा निजी विद्यालय रहेको दैलेखमा १ लाख विद्यार्थी अध्यनरत छन् । संक्रमण दर कायमै रहेकाले स्वास्थ्य सेवा कार्यालय पनि चनाखो रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमण दर कायमै रहेकाले प्रत्येक पालिकामा किटहरु पठाइसकिएको र संक्रमण दर उच्च भइहालेमा नि:शुल्क पीसीआर ल्याब तयारी अवस्थामा रहेको छ ।
विद्यार्थीसँगै अभिभावक उत्साहित
कोरोना भाइरस कोभिड १९ ले डेढ वर्षसम्म छात्रछात्राहरु विद्यालय जान पाएनन् । कोरोनाका कारण विद्यालय जानुको साटो घरमा नै गैर सिकाइमूलक कार्यमा समय विताउनु पर्यो । छोराछोरी घरमा बस्दा उनीहरुलाई मात्र दिक्क होइन अभिभावक पनि दिक्क थिए ।
संक्रमण दर कहिले कम भएर विद्यालय पठाउन पाइएला भन्ने चिन्तामा आफूहरु रहेको कालिकोटका एक अभिभावक पुष्प ढकाल बताउँछन् । 'विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उनीहरुको भविष्य बिग्रने चिन्ताले रातदिन पिरोल्ने गर्थ्यो,’ उनले भने, ‘अहिले संक्रमण दर घटेर विद्यालय सञ्चालन भएपछि ढुक्क भएको छ ।’
कोरोना संक्रमण दर घटेर सामान्य भएर विद्यालय खुले पनि पुनः जोखिम हुने हो कि भन्ने चिन्ता सुर्खेत वीरेन्द्रनगरका अभिभावक रमेश बाठामगरको छ । 'विद्यालय सञ्चालनपछि जोखिम उस्तै हुने पो होकि भन्ने चिन्ता छ,’ उनले भने ।
लामो समयपछि आफ्ना छोराछोरी विद्यालय पठाउन पाउँदा हर्षित भएको दैलेख ठाटीकाँध गाउँपालिका-२ का हस्त थापा बताउँछन् । 'छोराछोरीलाई लामो समयसम्म घरमै बस्दा उनीहरुको पढाइ प्रभावित हुने चिन्ता थियो,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएसँगै विद्यालय पठाउन पाउँदा खुसी छौं।’
दैलेखका प्रत्येक स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको लागि अनुमति दिइसकिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताए । 'केही स्थानीय तहमा विद्यालय सञ्चालन भएर पठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्रममा छन्,’ उनले भने, 'स्वास्थ्य मापदण्ड पूरा गरेर अरु पनि सञ्चालन हुन्छन् ।’
'स्थानीय तहले स्मार्ट लकडाउनको अवधारणा मानेर स्वास्थ्यका मापदण्ड पालना गर्ने भनिएको छ, यदि त्यसो नगरिएको खण्डमा सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुन्छ,' प्याकुरेलले भने ।
दश वटा जिल्ला रहेको कर्णालीका ७९ वटा स्थानीय तहमा अधिकांश विद्यालय स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालनमा आइसकेको अन्य विद्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउने प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८
०७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउने सञ्चारमन्त्री डा. तिमिल्सिनाको प्रतिवद्धता
नंः ४
२४ घण्टामा ट्राफिक प्रहरीले गर्याे ७६९ जनालाई कारबाही
नंः ५
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
टनेलको प्रवेशद्वार खोज्दै सेना
शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्याउन मन्त्री चौधरीले सांसदहरु छलफल
शनिबार, भदौ १३, २०८३
थप समाचार
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
शनिबार, असोज २, २०७८
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, असोज २, २०७८
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, असोज २, २०७८
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शनिबार, असोज २, २०७८
Subscribe Newsletter
×