अछाममा खुले विद्यालय 

बिहीबार, भदौ २४, २०७८
Global Ime Bank

अछाम :  कोरोनाभाइरस संक्रमण महामारीसँग बन्द रहेका अछामका शिक्षण संस्थाहरू खुल्न थालेका छन् । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेका हुन् ।  जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने निणय गरेका हुन् । साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।  विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार