Dashain Banner
Dashain Banner
काँग्रेस महाधिवेशन

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु

मतपेटिका कम र सिलबन्दी तोडिएको भन्दै मतगणनामा विवाद
शनिबार, असोज २४, २०८३

काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना कार्य जारी छ । निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सम्पन्न भएपश्चात् मतगणना प्रक्रिया अघि बढाइएको हो ।

मतपेटिका कम र सिलबन्दी तोडिएको भन्दै मतगणनामा विवाद
नेपाली कांग्रेसको जारी मतगणनामा विवाद भएको छ । दिउँसो सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको हो । उम्मेदवार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै प्रश्न उठाएका थिए ।  प्रतिनिधिहरूले प्रश्न उठाएपछि मतगणना रोकिएको छ । विवाद मिलाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार