सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानबाट थापा सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबार राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको हो । सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । ५४ मत बदर भएको थियो । ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए ।