कांग्रेसको महाधिवेशन

केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

सोमबार, असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आइतबार जारी सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया असोज १९ गतेदेखि सुरु भई २२ गते मतदान हुनेछ ।   मतदाता नामावली सम्बन्धी प्रक्रिया १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी विरोध, ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।   भोली मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।   असोज २१ गते उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।   असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।  

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार