सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० लाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’ त्यसमा जवाफ दिँदै परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको झाले बताएका छन् । प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिँदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’ उनले संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन ।’