सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिराहमा भइरहेको तनावको स्थलगत अवलोकन गर्ने भएका छन् । केहीबेरअघि प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उनी कोसी र मधेसका केही सांसद लिएर सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज जाँदै छन् । सो क्षेत्रको स्थलगत अध्ययन गरेर उनले प्रधानमन्त्रीलाई रिर्पोर्टिङ गर्नेछन् । त्यसको आधारमा प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्नसक्ने उनको सचिवालयले जनाएको छ। ‘गृहमन्त्रीले तनावग्रस्त क्षेत्रको अवलोकन गरेर पीएमलाई जानकारी दिएपछि उहाँले अबेर रातिसम्म सम्बोधन गर्ने तयारी गर्नुभएको छ,’ सचिवालयका ती सदस्यले जानकारी दिए । साउन ९ गते सुनसरीको कप्तानगन्जमा युवाबीच विवाद हुँदा हिंसा भडिकएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा एक युवाको मृत्यु भएपछि सो क्षेत्र अशान्त छ। अहिले सो क्षेत्रमा सेना परिचालन गरिएको छ। तर, अवस्था नियन्त्रणमा आउन सकेको छैन। यसैबीच बिहीबार दिउँसोदेखि मधेस प्रदेशको सिराह र धनुषामा समेत प्रदर्शन हुन थालेपछि प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। केही स्थानमा कर्फ्यु जारी गरेको छ।