सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौँको बनस्थलीस्थि पार्टी केन्द्रीय कार्यालय बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा बैठकमा महाधिवेशनसहितका विविध एजेण्डामा छलफल भएको छ । यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।