नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष राईको अनुरोध

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् । उनले लेखेका छन्,‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला । सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत छ । आतंक सिर्जना गर्न खोजिएको हो ।’

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार