कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण

बुधबार, वैशाख १६, २०८३

सुर्खेत । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेशसभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् । सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का ‎नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिव भएर काम गरेका थिए । खड्कासंग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ । नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रदेशसभा सचिवालयका कर्मचारीहरुले खड्कालाई स्वागत गरेका छन् । कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार