सरकारले अध्यादेश ल्याएपछि काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । नेपाली काँग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट हुन लागेका हुन् ।  बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार