सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायीद्वय भट्ट र अग्रवाललाई सात दिन म्याद थप

बुधबार, वैशाख ९, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धानका लागि अदालतले सात दिन हिरासत म्याद थप गर्ने अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमार्फत उनीहरूलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति प्रदान गरेको हो । उनीहरूमाथि भइरहेको अनुसन्धान प्रक्रियाअन्तर्गत आवश्यक प्रमाण संकलन तथा थप कानुनी प्रक्रिया अघि बढाउन उक्त म्याद थप गरिएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार