सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको हो ।
को हुन् ओजस्वी शेरचन ? डा. ओजस्वी शेरचन एक बायोकेमेस्ट्री प्राध्यापक र चिकित्सा अनुसन्धानकर्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद हुन् । शेरचन नेपाल मेडिकल कलेजमा एशोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन् र करिब एक दशक चिकित्सा क्षेत्रको अनुभव बटुलेकी छिन् । उनी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपाबाट समानुपातिक सांसदका रूपमा संसदीय राजनीतिमा प्रवेश गरेकी हुन् । उनको परिवार नै चिकित्सा क्षेत्रमा जोडिएको छ । शेरचनका वुवा बायोकेमेस्ट्रीका प्राध्यापक हुन् भने आमा त्रिभुवन शिक्षण अस्पतालमा पब्लिक हेल्थमा काम गर्थिन् । उनका श्रीमान् पनि चिकित्सक हुन् ।