यस्तो बन्यो बालेन नेतृत्वको सरकार

शुक्रबार, चैत १३, २०८२


काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुको नाम टुंगो लागेको छ । रास्वपाका धेरै नेताहरुको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी भने सुधन गुरुङले पाएका छन् । जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित भएका थिए ।  त्यस्तै रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । उनी अर्थ मामिलाका जानकार हुन् । उनी तनहुँ १ बाट दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । 
त्यस्तै शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । यसअघि छोटो समय शिक्षा मन्त्री भएका उनी रास्वपाको परराष्ट्र विभागका प्रमुख हुन् ।  खडकराज पौडेल (गनेस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । साहित्यकार समेत रहेका उनी कास्कीबाट निर्वाचित भएका थिए । त्यस्तै, श्रममन्त्रीमा महोत्तरीका दीपक साह बन्ने भएका छन् । शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बन्ने टुंगो लागेको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने बिक्रम तिमिल्सिनाले लिनेछन् ।

बालेन्द्र साह -प्रधानमन्त्री

स्वर्णिम वाग्ले - अर्थमन्त्री

शिशिर खनाल -परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ - उर्जामन्त्री

सोविता गौतम- कानूनमन्त्री

सुधन गुरुङ-गृहमन्त्री

अमरेश कुमार सिंह-उद्योग मन्त्री

प्रतिभा रावल-संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी - कृषि मन्त्री

विक्रम तिमल्सिना -सञ्चारमन्त्री

दिपक साह- श्रम मन्त्री

सस्मित पोखरेल - शिक्षा मन्त्री

खडक पौडेल - पर्यटनमन्त्री

सुनिल लम्साल- भौतिक पूर्वाधारमन्त्री

सीता वादी- महिला बालबालिका मन्त्री

निशा मेहता - स्वास्थ्य तथा जनसंख्या मन्त्री

 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार