सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार मध्यह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा नेता शाह झापा क्षेत्र नं ५ बाट विजयी भएका थिए । उनलाई हिजो बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको थियो ।