जाँदा जाँदै प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रको नाममा सम्बोधन

भनिन, 'जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस्' 
बिहीबार, चैत १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ । जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्‍यौँ,’ बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ ।’ उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनकारीहरूसँग गत मंसिर २४ गते सम्झौता गरेको र उक्त सम्झौताका बाँकी काम प्राथमिकताका साथ नयाँ सरकारले अघि बढाउने विश्वास लिएको पनि बताएकी छन् ।

सम्बोधनको पूर्ण पाठ

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार