कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

मंगलबार, चैत १०, २०८२

काठमाडौं । नेपाल विद्यार्थी संघले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गरेको छ । मंगलबार त्रिचन्द्र कलेजका नेविसंघ समूहले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन् ।त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए । उनले निर्वाचन पछिको कार्की सरकारको दोस्रो काम भनेको प्रतिवेदन सार्वजनिक हो । ‘कार्की सरकाले आफ्नो प्रतिवेदन लुकाउन मिल्दैन । निर्वाचनपछि सरकारको दोस्रो काम प्रतिवेदन सार्वजनिक गर्नु थियो, गर्यो,उनले भने, ‘आज हामीले शान्तिपूर्वक हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छौं । हस्ताक्षर सङ्कलन प्रधानमन्त्रीलाई बुझाउने छौं ।’ प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार