सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०) बमोजिम मनोनयनपत्रसँगै पेश गरिएका विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरिएको हो । यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने आयोगको विश्वास छ । पहिले निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कुल उम्मेदवारमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहका उम्मेदवार रहेका छन्।