ओलीसँग पब्लिक डिबेट गर्न बालेनले गरे अस्वीकार

बालेनले साेधे, ‘आतङ्कवाद लुकाउन देश जलाईएको हो’
आइतबार, माघ ११, २०८२

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन् । बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् । उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो । तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? । त्यसपछि अरू कुरा गरौँला ।’ उनले थपे, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनको यो प्रतिक्रिया केपी ओलीको पब्लिक डिबेट प्रस्ताव र चुनावी बहसको अवसरमा आएको हो, जसले सामाजिक सञ्जाल तताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार