नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा 

मंगलबार, साउन १२, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छन् । आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गरेको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए। ‘उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल गएकी हुन्’ ढकालले भने, ‘राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।’  राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट बसेकी थिइन् ।–रासस 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार