सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोकेको हो । यसअघिका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । नागरिक सरकारमा सहभागी भएका ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षा मन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुदमन्त्री बप्लु गुप्ताले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्माल्दै आएकी छन् । सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन छ । सञ्चार मन्त्रीले राजीनामा दिएर चुनावमा उठेपछि गृहमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिएएको हो ।