सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन तथा छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि पुनः विस्तार गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगलाई थप २० दिन समय दिने निर्णय गरेको हो । आयोगलाई तोकिएको कार्य सम्पन्न गर्न थप समय आवश्यक भएकाले म्याद बढाइएको हो । उक्त आयोगको अवधि यसअघि पनि एक पटक विस्तार गरिएको थियो । पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल एक महिनाले थप गरेको थियो ।