नाउपाका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द

बिहीबार, माघ ८, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ । रास्वपाका थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार मनोनयन दर्ता गरेका थिए ।  पाँचजना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीनवटा उजुरी खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी खारेज भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो । नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार