उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

सोमबार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए । उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’ थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुने बिचार समेत व्यक्त गरिरहेका छन् । यता, थापाले आफ्नो निर्णयबाट आम स्याङ्जाली नेता, कार्यकर्तालाई बिचलित नहुन र नेपाली कांग्रेसलाई जिताउन आग्रह समेत गरेका छन् । यसअघि २०७० सालमा भएको संविधान सभा निर्वाचनमा थापाले पहिलोपटक स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसबाट जित हाँसिल गरेका थिए । लामो समयसम्म एमालले एकलौटी जित हाँसिल गर्दै आएको स्याङ्जा १ मा थापाले एमालेको जितमा ब्रेक लगाएकाले उनी स्याङ्जाको राजनीतिमा चर्चित नेताका रुपमा स्थापित भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार