सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वसांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज जनकपुरधाम हुने रास्वपाको सभाबाट उनी औपचारिक रूपमा प्रवेश गर्दै छन् । जनसभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत शीर्ष नेताहरू जनकपुरधाम पुगिसकेका छन् । जनकपुरधाममा हुने रास्वपाको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात हुने बताएका छन् । उनले भनेका छन्, ‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।’ देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पूर्वाधार को विकास चाहनेहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। सिंह हिजो जनकपुर पुगेका नेता बालेन सँगै हिँडिरहेका छन्। बिहानै बालेनसँग जानकी मन्दिरमा पुगेका थिए । सिंह गएको निर्वाचनमा सर्लाही ४ मा कांग्रेस छोडेर स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए। यसपटक पनि उनले रास्वपाबाट सोही क्षेत्रमा चुनाव लड्ने तयारी गरेका छन् । यद्यपि अहिलेसम्म टिकटको टुङ्गो लागिसकेको छैन। रवि र बालेनले आज जनकपुरबाटै मधेशको उम्मेदवार टुङ्ग्याउने तयारी गरेका छन् ।