सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूको उपस्थितिमा तामाङलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो । उक्त अवसरमा रास्वपाका नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका थिए । पछिल्लो समय विभिन्न क्षेत्रमा चर्चामा रहेका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउने प्रवृत्ति बढ्दो देखिएको छ ।