सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमालेमा सामेल भएका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको करिब २० दिनमै प्रदीपले पार्टी बदलेका हुन् । पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका प्रदीप २०७९ को निर्वाचनमा २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका थिए । उनलाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उम्मेदवार बनाउने तयारी एमालेले गरेको बताइएको छ । सोमबार गुण्डुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रदीप, राजेशमानसहित अन्य नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।