काठमाडौं महानगरको प्रमुखबाट राजीनामा दिएका बालेनले आजदेखि सुरु गर्दै चुनावी अभियान

धार्मिक यात्राका क्रममा जनकपुरधाममा बिहानै जानकी मन्दिरमा दर्शन
सोमबार, माघ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिएर अपराह्न बालाजुस्थित घण्टीघर पुगेर बरिष्ठ नेताको पदधार ग्रहण गरी साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन् । रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको जनसभालाई सम्बोधन गर्न बालेन हिजो साँझ जनकपुर पुगेका हुन् । शाहले पूर्वसांसद डा. अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन् । त्यसक्रममा बालेन र अमरेश दुवैले सँगै बसेर आरती अवलोकन गरेका थिए ।  सिंह रास्वपाले गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’मै पार्टी प्रवेश गर्ने तयारीमा छन् । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसहितले सम्बोधन गर्ने कार्यक्रम छ ।  सभाअघि बालेन मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिराहाको लहान जाने कार्यक्रम छ । मधेश आन्दोलनको क्रममा सहिद भएकाहरूको स्मृतिमा हरेक वर्ष माघ ५ गते मधेसमा बलिदानी दिवस मनाइन्छ । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार