सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरुभएदेखि सतहमा छताछुल्ल भएको विवाद समाधानका लागि भएको बैठकमा बिहान विषय प्रवेश गराइएको छ । बैठक दिउँसो बस्ने गरी स्थगित भएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए । विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ–आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन् । विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् । त्यसैगरी संस्थापन समूह तथा डा. शेखर कोइराला पक्षको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन् । विशेष महाधिवेशनको वैधता, पार्टी विधान, नेतृत्व तथा भावी कार्यदिशाबारे देखिएको मतभेदलाई सहमतिमा समाधान गर्ने प्रयासस्वरूप वार्ता गरिने नेताहरूले बताएका छन् । वार्ताबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको भए पनि छलफलको परिणामबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।