कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

मंगलबार, पुस २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो । पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार