कांग्रेसमा विवाद मिलाउन महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता सुरु

मंगलबार, पुस २९, २०८२

काठमाडौं । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको आज ते्रसो दिन नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधानका लागि आज बिहानैदेखि वार्ता सुरु भएको छ । बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता सुरु भएको हो । वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् । यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए । कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।  सोमबार सुरु बन्दसत्रले नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार