रास्वपाको समानुपातिक सूचीप्रति तोसिमा कार्कीको असन्तुष्टि

बुधबार, पुस १६, २०८२

to-1767147300.png
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले विपन्नलाई स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन् । 
‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ । तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोस्टमा हुनेहरू नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु, बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ’, उनले भनेकी छन् ।   पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुने पनि उनले बताएकी छन् । उनले भनेकी छन्। ‘फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोजिसन अफ बेनिफिटमा हुन्छन् । चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा । पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचीमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन । सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनले उल्लेख गरेकी छन् । 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार