आज राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुँदै

बुधबार, पुस १६, २०८२

काठमाडौँ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) गठन गरी राजनीतिमा सक्रिय भएका कमल थापा आज राप्रपामै फर्कँदैछन् । दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह गरेर एकीकरण हुने कार्यक्रम छ । केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गरेका थिए भने एकीकरण अनुमोदनका लागि राप्रपा नेपालको मंगलबार बैठक बसेको थियो । झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज एकता घोषणा हुन लागेको हो । एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार