सोसल मिडिया
Contact Us
युनिकोड
सिमरा । एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले आफ्नो ३४ औं वार्षिक साधारणसभा मधेश प्रदेशको बारा जिल्लास्थित जीतपुरसिमरामा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारण सभामा एम्नेस्टी नेपालका विभिन्न समूह, युवा सञ्जाल तथा देशभरीका व्यक्तिगत सदस्यहरूलाई समेत प्रतिनिधित्व गरेका ८७ मतधिकारसहितका प्रतिनिधिहरूसमेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो । प्रतिनिधिहरूसँगै, साधारण सभामा एम्नेस्टी नेपालका बोर्ड र समितिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र अवलोकनकर्ताहरू पनि सहभागिता रहेको थियो । यस साधारण सभाको मुख्य कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ का विधानजनित प्रतिवेदनहरूको प्रस्तुति, छलफल र अनुमोदन, सन् २०२६ का लागि संस्थाको वार्षिक मानवअधिकार कार्ययोजना र बजेट, तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समावेश रहेको थियो । साधारण सभाले संस्थाको विधान संशोधनसम्बन्धी प्रस्तावमा पनि छलफल गरी निर्णय गरेको थियो । त्यस्तै रिक्त रहेको एक प्रेपरेटोरी कमिटि महिला सदस्यको पदमा निर्वाचन पनि सम्पन्न गरेको थियो । साधारण सभाको सुरूमा एम्नेस्टी नेपालका सदस्यहरूले एउटा सार्वजनिक याक्सन गरेका थिए । जसमा सूडानमा जारी मानवअधिकार संकटको अन्त्यका लागि आवाज उठाइएको थियो । यस कार्यक्रममा एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी अभियानको चर्चा गरिएको जसले विश्वका नेताहरूलाई सुडानको दुरावस्था संसारकै सबैभन्दा ठूलो मानवीय संकट भएकोले त्यहाँ जारी अत्याचार र व्यापक दुव्र्यवहारहरूलाई शीघ्र समाधान गर्न आवश्यक कदम उठाउन आग्रह गरिएको छ । यी अत्याचारहरूको व्यापकता हुँदाहुँदै पनि, वैश्विक प्रतिक्रिया ठूलो मात्रामा मौन रहेको छ, जसले नागरिकहरूको सुरक्षा र पीडकलाई जवाफदेही बनाउनेसम्बन्धमा गरिएका कारबाहीको अत्यन्त न्यून रहेका छन् । एम्नेस्टीले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई हतियार आपूर्तिको प्रवाह रोक्न, अवरुद्ध नभएको मानवीय पहुँच सुनिश्चित गर्न र युद्ध अपराध तथा मानवताविरुद्धका अपराधहरूको स्वतन्त्र छानबिनला गर्ने प्रस्तावलाई समर्थन गर्नका लागि तत्काल कदम चाल्न बारम्बार आह्वान गरेको छ । साधारण सभालाई राष्ट्रिय मानवअधिकार आयोग कार्यालयका मधेश प्रमुख बुद्ध नारायण साहानी केवटले औपचारिक रूपमा उद्घाटन गरेका थिए । आफ्नो मन्तव्यमा उनले मधेश प्रदेशमा रहेका मानवअधिकार चुनौतीहरूमाथि चर्चा गर्नुभएको थियो। व्यापक गरिबी, कमजोर स्वास्थ्य प्रणाली, गहिरो जातीय विभेद र हिंसा, बालविवाह, बढ्दो घरेलु हिंसा र जलवायु परिवर्तनका तीव्र प्रभावहरूले जनजीवन र जीविको पार्जनमा पारेका असरहरूका बारेमा उनले प्रकाश पारेका थिए ।