प्रधानमन्त्रीले भाेलि खोप केन्द्रको निरीक्षण गर्ने

आइतबार, साउन ३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् ।  अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार