सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पु¥याएको छ । मौसम खराबीका कारण यसअघि नै पु¥याउने भनिएको खोप शनिबार मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पु¥याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए । जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए । ‘सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पु¥याएको हो’, शाखा प्रमुख खत्रीले भने, ‘शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।’ भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पु¥याएको प्रमुख खत्रीले बताए । चुमन्रवी पु¥याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ । सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन् । केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिए ।–रासस