निर्वाचन कार्यतालिका रद्द

बुधबार, असार ३०, २०७८

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६  र मङ्सिर ३ गते हुने  प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार