थप दुई हजार ३७० मा कोरोना सङ्क्रमण

सोमबार, असार २८, २०७८

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ३७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ६८९ पिसिआर परीक्षणमा एक हजार ६९० र तीन हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा दुई हजार ३७० जनामा कोरोना भाइरस पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १३९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक हजार १३३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत रहेको छ ।  अहिले देशभर २६ हजार  ७१२ सक्रिय सङ्क्रमित छन् ।  यसमध्ये २३ हजार ९४७ जना होम आइसोलेशनमा रहेका छन् भने दुई हजार ७६५ संस्थागत आइसोलेशनमा  छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आइसियु र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ को पिसिआर विधिबाट परीक्षण भएको छ ।  त्यस्तै पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नौ हजार  ४००  जनाले  कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३३  कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमा  काठमाडौँमा सबैभन्दा धेरै २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार