सोसल मिडिया
Contact Us
युनिकोड
इलाम । यस वर्षको जसुदा स्मृति पुरस्कार तीस वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार सोम सुशेलीलाई प्रदान गरिने भएको छ । जसुदा खाकीका स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिद्वारा स्थापित सो पुरस्कार नगद दशहजार रुपैयाँ सहित सम्मानपत्र रहेको छ । पत्रकार सुशेलीले २०४७ सालमा झापाको पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता शुरुआत गरेका हुन् । लामो समय सोही पत्रिकामा काम गर्नुभएका उनले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फो टेलिभिजनकोसमेत इलाम संवाददाताका रुपमा काम गरिसकेका छन् भने हाल उनी नेपाल बाणी एफएमको स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधानसम्पादक छन् । पुरस्कार भानुजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विमल वैद्यले जानकारी दिए । रासस