सडकको ह्युमपाइप बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

बिहीबार, असार २४, २०७८

नवलपुर । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठूला सवारी साधन केहीबेर रोकेर राखिने बताए । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उनले बताए ।–रासस

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार