सर्पको डसाइबाट मृत्यु

बुधबार, असार २३, २०७८

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।  रासस

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार