सोसल मिडिया
Contact Us
युनिकोड
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आर्थिक लगानीमा जिल्ला बाहिरबाट करीब रु ४० लाख मूल्यबराबरको अक्सिजन सिलिण्डर हुम्लामा आइपुगेको छ । गत जेठ अन्तिममा स्वास्थ्य सेवा कार्यालयले कोभिड—१९ लाई ध्यानमा राखी १२० वटा अक्सिजन सिलिण्डर खरीद गरेको थियो । जिल्लामा उपलब्ध भएका सिलिण्डरहरू सातवटै गाउँपालिकाका स्वास्थ्य शाखालाई पठाएर कार्य सञ्चालन गरिरहेको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनका अनुसार काठमाडौँदेखि हुम्लासम्म सो सिलिण्डर आइपुग्दा ढुवानीमा करीब रु तीन लाख र खरीदमा करीब रु ३७ लाख खर्च भएको छ । ती सिलिण्डर ल्याउन हवाइजहाजले बोक्न नमानेपछि पैदल मार्गबाट ढुवानी गरिएको थियो ।